Media Network

सत्तारुढ गठबन्धनको बैठक सर्‍यो : दिउँसो दुई बजे बस्ने


खबरस्टोरी संवाददाता

६ बैशाख २०७९,मंगलवार

काठमाडौं। बिहान साढे ११ बजे बस्ने भनिएको पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ । बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा मिल्न सकेको छैन । सबै दलले आ-आफ्नै अडान कायम राखेपछि बैठक भागबन्डाबारेको विवाद झन् पेचिलो बन्दै गएको छ । 

सोमबार दुईपटक बसेको बैठकमा समेत सहमति जुट्न सकेको थिएन । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डाबारे दलहरू आ-आफ्नै अडानमा कायम छन् । जसले गर्दा यसअघि तयार भएको मस्यौदामा सहमति जुट्न नसकेको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद