Media Network

स्थगित बागमती प्रदेशसभाको बैठक आज १ बजे बस्दै


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौँ। स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले  बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरूसँग छलफल गरी सहमति जुटाउनु भएसँगै बैठक आजै पुन: सञ्चालन हुने भएको हो ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट संशोधन गर्ने र प्रदेशका १३ वटै जिल्लामा समानुपातिकरुपमा बजेट बाँडफाँट गर्ने विषयमा दलहरूबिच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। 

सहमति पछि अब नेकपा (एमाले) ले बैठक अवरोध नगर्ने भएको छ ।  प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समान रुपमा सम्बोधन गर्न नसकेको भन्दै संशोधनको मागसहित उक्त दलले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद