२ करोड मतपत्र छपाइका लागि ९ वटा मेसिन तयारी अवस्थामा रहेको संस्थानले जनाएको छ। संस्थानका महाप्रबन्धक अनिलकुमार झाले मतपत्र छपाइका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए।
‘नेपाली सेनासहित १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौँ, ‘त्यसका लागि सेनाको टोली मंगलबार आउँदैछ' झाले भने ।
त्यस्तै मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ । हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ ।