Media Network

स्थानीय चुनावमा एमालेले ७० प्रतिशत सिटमा निर्वाचन जित्ने ओलीको दाबी


खबरस्टोरी संवाददाता

१ चैत्र २०७८,मंगलवार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण  बैठकलाई सम्बोधन गर्दै स्थानीय तह निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत सिटमा निर्वाचन जित्ने दाबी गरेका छन् । 

बैठकमा ओलीले भने, ‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ, ६० देखि ७० प्रतिशत सिट एक्लै जित्न सक्छौँ ।' 

त्यस्तै ओलीले बुद्धिजीवीहरूले ‘कम्युनिस्ट पार्टी मिल्ने कि सकिने ?’ भन्दै आर्टिकल लेखेको उल्लेख गर्दै आक्रोश पोखे । उनले जनतालाई झुक्याउन त्यस्ता कुरा गरेको भन्दै जिस्क्याउने खालका कुरा नगर्न आग्रह गरे । नाम मात्रै राख्दैमा सबै कम्युनिस्ट नहुने उल्लेख गर्दै उनले कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार ढाल्नेहरू कम्युनिस्ट हुन नसक्ने समेत बताए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद