Media Network

स्थानीय निर्वाचनमा कलमले कमाल देखाउँछ : माधव नेपाल


खबरस्टोरी संवाददाता

३ चैत्र २०७८,बिहीबार

काठमाडौं। होली पर्वका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कलमले कमाल देखाउने बताएका छन् । नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नलाई जनताले साथ दिने बताएका हुन्  ।

उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने पनि बताएका छन् । प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ । एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गरे । 

त्यस्तै कार्यक्रममा उनले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकताभाव जगाउन सकून् भन्दै शुभकामना पनि व्यक्त गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद