सुदूरपश्चिम प्रदेश: आज नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
सुदूरपश्चिम प्रदेश: आज नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सरकारले आज प्रस्तुत गर्ने भएको छ। 

आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव देव बहादुर बोगटीले जानकारी दिए। 

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।