सुदूरपश्चिम प्रदेशसभाको बैठक पाँचौ पटक फेरी स्थगित


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
सुदूरपश्चिम प्रदेशसभाको बैठक पाँचौ पटक फेरी स्थगित
काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठक पाँचौ पटक स्थगित भएको छ । उक्त  बैठक सोमबार बिहान ११ बजे तय गरिएको हो। 

बजेटका विषयमा उत्पन्न विवाद समाधान सहमति नजुटे पछि बैठक आइतबार दिउँसो ३ बजेका लागि सारिएको संसद सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।

प्रदेश सरकारले आइतबार बैठक सञ्चालन गर्ने तयारी गरे पनि आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । विशेष कारण भन्दै बैठक स्थगित भएको हो ।