Media Network

सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौँ।  सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठकमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान राखेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको हो ।

 यसअघि जेठ १२ गते सभामुख अर्जुनबहादुर थापाले बोलाएको बैठक बस्न नसकेपछि असार १६ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाएका थिए ।

तर, प्रदेश सांसदहरुले बजेट संशोधनको अडान कायमै राखेपछि अनिश्चितकालका लागि पुन : फेरी बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद