सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आइतबार आयोजना गरेको कार्यक्रममा उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिमलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने बताए ।
देउवाले भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमती भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिमको विकासमा सघाउ पुर्याउने बताए । बन्दरगाहले सिधैं भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोडने र त्यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाई छ ।
देउवाले भने, ‘अव यो सुदूरपश्चिममा ड्राईपोर्ट बनाउने भारत सरकारसँग सहमती भएको छ । महाकाली पारी दोधारा चाँदनीमा ड्राईपोर्ट भएको खण्डमा सिधैं सुदूरपश्चिम भारतको बम्बईसँग कनेक्ट हुनेछ । सिधैं बम्बईबाट मालसामान ल्याउन सकिनेछ । यसले त्यहाँको विकासमा सघाउ पुग्ने मैले विश्वास लिएको छु । भौगोलिक विकटता र लगानीको सुरक्षा नभएका कारण यस प्रदेशको विकास नभएको हो । अव लगानीको सुरक्षा हुन नसकेको खण्डमा यो प्रदेशलाई सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ ।
उनले सुदूरपश्चिमको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताए ।