स्थानीय तहको गत निर्वाचनमा सिद्धार्थनगरमा मेयर पदमा पराजित भएका उनले दोस्रोपटक पनि आकांक्षा देखाएका थिए । एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोमा असुन्तष्टि व्यक्त गर्दै उनले राजीनामा दिएका हुन् ।
यादवले राजीनामा पत्रमा मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि एकजनाको मात्र नाम सिफारिस गरिएकाेमा आपत्ति जनाएका छन् ।
‘म ४० वर्षदेखि कांग्रेसमा आबद्ध छु, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो,’ उनले राजीनामा पत्रमा लेखेका छन् । यादव संस्थापन इतर पक्षका हुन् । कांग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि उनी असन्तुष्ट भएका हुन् ।