Media Network

भुवन केसी, स्वेता खड्का र रबिन्द्र खड्का काँग्रेस प्रवेश


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौं । अभिनेता भुवन केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्का काँग्रेसमा प्रवेश गरेका छन् ।  मंगलबार बिहानै उनीहरुले काँग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस प्रवेश गरेका हुन् । 

स्थानीय निर्वाचनको मुखमा केसीलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि उनले अस्वीकार गरेका थिए । यता खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् । 

त्यस्तै उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको पनि  बताइएको छ । 





Share:
Reaction :
ताजा समाचार
खेलकुद