Media Network

स्वतन्त्र पार्टीका यी हुन् २१ सदस्य केन्द्रीय समिति (सूचीसहित)


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएसँगै २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ । 

राजनीतिक दलहरुको विरोधका बाबजुद पनि आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नामकै दल दर्ता गरेको छ भने चुनाव चिन्ह गोलाकारभित्र घण्ट दिएको छ । 

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि पार्टीका प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गरी २१ सदस्यीइ केन्द्रीय समितिको नाम सार्वजनिक गरेका हुन् । 

स्वतन्त्र पार्टीले ढकाललाई यसअघि नै प्रवक्ता चयन गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि महाधिवेशन गर्ने जनाएको छ । 

यी हुन् २१ सदस्यीय केन्द्रीय समितिः 


Share:
Reaction :
ताजा समाचार
खेलकुद