नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किएका देउवालाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरूले विमानस्थलमा स्वागत गरेका थिए ।भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए । त्यसैक्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्ष मोदीले जनकुपुर–जयनगर रेल सेवाको भर्चुअल्ली उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री देउवा आज बिहान धार्मिक नगरी वाराणसी पुगेका थिए ।