Media Network

संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज सुनुवाई हुँदै


खबरस्टोरी संवाददाता

८ असार २०७९,बुधबार

काठमाडौँ । आज संवैधानिक नियुक्ति विरुद्धमा परेका रिटको सुनुवाई हुँदै छ । 

अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठकको सञ्चालन सम्बन्धि कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति दिएको भन्दै उक्त नियुक्तिको बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा आज पूर्ण इजालसमा सुनुवाई हुन् लागेको हो । 

आज कायम मुकायम प्रधानन्यायाधीस दीपक कुमार कार्की, वरिष्ठतम न्यायाधीस हरीकृष्ण कार्की, न्यायाधीस विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ । 

आज सो मुद्धाको पेशी तोकिएको छ । तर आज नै दिउसो साढे १ बजे न्यायपरिषद्को बैठक बोलाइएकोले यो मुद्धामा सुनुवाई हुन्छ वा हुँदैन केही टुङ्गो भने लागेको छैन् ।  यस अघिको सुनुवाईमा उक्त मुद्धामा संवैधानिक नियुक्ति लिई विपक्षी बनाइएका सबैलाई म्याद तामेल गर्ने गरी कारण देखाउ आदेश जारी भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद