अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमाा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २ पुसमा अध्यादेशविरूद्ध रिट दायर गरेका थिए । रिटमार्फत अध्यादेश खारेजीकाे माग गरिएकाे छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर, २०७७ मा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए । असंवैधानिक भन्दै त्रिपाठी र अर्याल त्यसविरुद्ध सर्वाेच्च पुगेका हुन् ।