शुक्रबार मन्त्रालयमा भएको फोहोर व्यवस्थापन सम्बन्धि छलफमा बोल्दै मन्त्री झाक्रीले सिसडोलबाँसीको भावनामा कुनै चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गरेकी छन् ।
छलफलमा धुनीवेशी, ककनीका जनप्रतिनिधि र स्थानिय आन्दोलनकर्ताले प्रहरी दमनको विरोध गरेपछि मन्त्री झाक्रीले माफी मागेकी हुन् । उनले भनिन “मेरो अभिव्यक्ति, मेरो भनाईप्रति कसैलाई चोट पुगेको छ भने म क्षमाप्रार्थी छु, अब त्यहाँ जबर्जस्ती हुँदैन ।”