Media Network

शहीदहरुको बलिदान व्यर्थ जान दिइने छैनः बीना मगर


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

कञ्चनपुर । पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित भएको बताइन् । उनले देशको राजनीति माओवादी एजेण्डामा चलेको जिकिर गरेकि छन् । 

संघर्षको बलमा जनपक्षीय एजेण्डा स्थापित भएको चर्चा गर्दै उनले उपलब्धिको रक्षाका लागि माओवादीले नेतृत्व पाउनुपर्ने बताइन् । "माओवादी जनताको आशा भरोसाको केन्द्रका रुपमा रहेको छ", उनले भनिन्, "पार्टीलाई बलियो बनाउनेदेखि सिङ्गो देश माओवादीमय बनाउनुपर्नेमा कार्यकर्ताहरुको अझै योगदानको खाँचो रहेको छ ।"

देश र जनताका लागि बदिलान दिनेदेखि दिगो विकास र समृद्धिका लागि काम गर्ने एक मात्रै पार्टी नेकपा (माओवादी केन्द्र) मात्रै रहेको उनको जिकिर थियो । 

लडेर ल्याएको एजेण्डालाई रक्षा गर्नुपर्ने धारणा राख्दै उनले प्रतिगमनविरुद्ध लड्नका लागि सबै एकमत हुनुपर्ने बताइन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद