अमेरिकी समाचार साइट ‘द हिल’ का अनुसार उनीहरु युक्रेनका लागि समर्थन जुटाउन पोल्याण्ड, जर्मनी, भारत, संयुक्त अरब इमिरेट्स र नेपालको नौ दिने भ्रमणमा आएका हुन् ।
त्यस्तै परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकी सांसदको टोली आइतबारसम्म नेपालमा रहनेछ। उनीहरुले नेपालमा द्वीपक्षीय कूटनीतिक सम्बन्ध र दुई मुलुकका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ । उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
अहिले दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणमा छिन्। उनी भ्रमण सकेर फर्केको चार दिनपछि अमेरिकी सांसदको टोली नेपाल आइपुग्नेछ।