उनीहरूले भ्रातृ संगठनहरूमा भएको मनोनयन र विधानबमोजिम काम नभएको भन्दै , नेपाली काँग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन् ।
सरकारले प्रदर्शन रोक्न पार्टी कार्यालय परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । जहाँ मिडियाकर्मी लगायत अन्य कसैलाई उभिन समेत दिइएको थिइएन्। प्रदर्शनकारीले ‘हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ’ भन्ने नाराबाजी गरेका छन् ।