काठमाडौँ । पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टी भित्र आन्तरिक रूपमा आफ्ना धारणा राखेका हुन् ।
उनले सुन्दरहरैंचाका कतिपय वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उम्मेदवार प्रस्तुत भएको बताउँदै यस्ता उमेदवारलाई पार्टीले कारबाही गर्ने बताए।
नेपाली कांग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उम्मेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ। कोइरालाले भने, ‘जो ती उम्मेदवारको पछि लाग्छ उनीहरूलाई नि कारबाहीमा गर्नुपर्छ।’
सुन्दरहरैंचामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई नेता कोइरालाले निर्देशन पनि दिएका छन्। ’
उनीहरुले सबै वडामा कांग्रेसको जीत सुनिश्चित रहेको ब्रिफिङ गराएका छन्। उम्मेदवारविरुदै पनि षड्यन्त्र भइरहेको भन्दै त्यस्ता अराजक व्यक्तिहरूलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्ने भन्दै सहभागीले जोड दिएका छन् ।