शेखर समूहकाे बैठक बस्दै


खबरस्टोरी संवाददाता
२६ असार २०७९, आईतवार
शेखर समूहकाे बैठक बस्दै
काठमाडौँ। नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहकाे बैठक बस्दै छन् । बैठक आइतबार दिउँसो १ बजे बालुवाटारस्थित डा.कोइरालाकोे सम्पर्क कार्यालमा दिउँसो १ बजे बोलाइएको हो । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन छलफल बोलाइएको एक नेताले जानकारी दिए  । 

स्थानीय तह निर्वाचन समीक्षा र विविध विषयमाथि छलफल गर्न काँग्रेस भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्दैछ । 

पार्टीको पदाधिकारी बैठक र कोइराला समूहको छलफलको समय भने जुधेको छ । महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे बालुवाटार समूहको बैठकपछि मात्र सानेपा जाने तयारीमा छन् ।