Media Network

शेखरले आफ्नो गुटको बैठक बोलाए


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विहीबार आफ्नो गुटको बैठक डाकेका छन् । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टी नेतृत्वको कदमबारेमा छलफल गर्न कोइरालाले गुटको बैठक बोलाएका हुन् । 

बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीमा डाकिएको बैठकमा देशको पछिल्लो आर्थिक अवस्थाको विषयमा पनि छलफल गरिने बताइएको छ । अर्थमन्त्री जनार्दन शर्माका कारण अर्थतन्त्र समस्यामा परेको भन्दै कोइराला पक्षले शर्मालाई अर्थमन्त्रीबाट हटाउनु पर्ने बताउँदै आएका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन सम्पन्न भएको ६ महिना वितिसक्दा पनि विधानअनुसार गठन गर्नुपर्ने मनोनीत तथा विभाग र समितिहरू गठन नगरेकोमा पनि कोइराला पक्षले आपत्ति जनाउँदै आएको छ ।

स्थानीय निर्वाचन सम्पन्न भएपछि त्यसको समीक्षाका लागि समेत केन्द्रीय समिति बैठक नराखिएकोप्रति पनि कोइराला पक्षले सभापति देउवाको आलोचना गर्दै आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद