Media Network

गठबन्धनलाई सफल पारौँ : प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता

२४ बैशाख २०७९,शनिबार

 काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको उदेश्य गठबन्धनलाई सफल पार्ने दाबी गरेका छन् । देउवाले दमौलीमा कांग्रेसद्धारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धन राष्ट्रिय ऐतिहासिक आवश्यकता भएको बताए ।

उनले भने, ‘गठबन्धनलाई सफल पार्नुछ । गठबन्धनलाई असफल पार्न केहि व्यत्तिहरु लागेका छन् । स्वदेशी विदेशी जोसुकै हुन, गठबन्धनलाई सफल पार्ने एउटा मात्रै उदेश्य नेपाली कांग्रेससँग छ । नेपाली कांग्रेसले कुनै पनि हालतमा गठबन्धनलाई सफल पारेर प्रजातन्त्रलाई  स्थायी रुपमा बचाउनु पर्छ ।’

 देउवाले स्थानीय तह निर्वाचन हुन्छ हुँदैन भन्दाभन्दै हुन लागेको बताए । ‘स्थानीय तह निर्वाचन हुने माहोल बनेको छ । चुनाव हुन्छ र हुँदैन भन्दाभन्दै हुने भयो त । गठबन्धनको एउटै उदेश्य छ स्थानीय पालिकादेखि राष्ट्रियसम्म जाने,’ उनले भने ।

 देउवाले दमौलीमा गठबन्धनलाई अत्याधिक बहुमतले जिताउन पनि अनुरोध गरे । तनहुँमा सत्तारुढ दलबीच दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । दलहरूको आ–आफ्नै अडानका कारण जिल्लाको अन्य आठ स्थानीय तहमा गठबन्धन भएन् ।

भाषणको अन्तिममा उनले फेरी गठबन्धनलाई सफल पार्न आग्रह गरे । ‘अन्तमा मलाई धेरै केहि भन्नु पनि छैन् । आजै यहाँबाट जनकपुर जानु छ, काठमाडौँ फर्कनुछ । भोलि दाङ पोखरा जाने भएकाले धेरै बोल्न नसकेकोमा माफी चाहान्छु ।  यति भन्दै फेरी पनि भन्छु म गठबन्धनलाई सफल पारौँ । गठबन्धनलाई सफल पारौँ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद