शितलनिवासले खोल्यो संवादको ढोका, निर्वाचन सफल बनाउने समझदारी


खबरस्टोरी संवाददाता
८ पुष २०८२, मंगलवार
शितलनिवासले खोल्यो संवादको ढोका, निर्वाचन सफल बनाउने समझदारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताहरूबीच फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउने समझदारी भएको छ । 

जेनजी आन्दोलनपछि पहिलो पटक मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्वाचन सफल बनाउने समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको पोखरेलले जानकारी दिए । 

छलफलका क्रममा देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु पर्ने बताएको पनि राष्ट्रपतिलाई उद्धृत गर्दै पोखरेलले बनाए ।