Media Network

टिकट नपाएको झोंकमा पार्टी छोड्नेलाई हिसाब राख्नुपर्छ : माधव नेपाल


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संगठन बलियो बनाउन तर्फ पार्टीका कार्यकर्तालाई जोड दिएका छन् । 

हेटौंडा उपमहानगरपालिकालगायत मकवानपुरका ८ वटा स्थानीय तहमा विजयी हासिल भएपछि विजयीहरूलाई बधाइ दिन हेटौंडा आइपुगेका नेपालले चुनाव लक्षित गठबन्धनको उद्देश्य पूरा भएको भन्दै अब संगठन बलियो बनाउनतिर लागन् नेता-कार्यकर्तालाई निर्देशन दिएका हुन् । 'आफ्नो संगठन निर्माण गर्न लाग्नुहोस्,' उनले भने, 'गठबन्धन हैन, संगठन बनाऔ, शक्ति निर्माण गर्नुस्, एक औलाले केही गर्दैन, मुठ्ठी बनाउनुहोस् ।'

चुनावमा जहा जहाँ गठबन्धन भाँडियो त्यहाँ आफ्ना पार्टीको उम्मेदवारहरूले टिकट फिर्ता गर्न चाहेको प्रसंग कोट्याउँदै उनले भने, 'हामीले आफैं जित्ने छौँ, हामी बलियो भए सबै हाम्रा हुन्छौँ, हामीले संगठन बलियो बनाउन सक्नेछौं ।

 नेकपा एकीकृत समाजवादीले आफ्नो आधार तय गरेको भन्दै अब तल्लो तहसम्म पुगेर संगठन बलियो बनाउन ध्यान दिनुपर्ने बताए ।

आफूमा जितेको कारण अभिमान नराख्न निर्देशन दिंदै उनले भने, 'जितिसकेपछि नमात्तिनु होला, हारेपछि पनि नआत्तिनु होला । जितेको ठाउँमा भन्दा हारेको ठाउँमा मसिनो गरी मूल्यांकन गर्नुहोस् ।  

आगामी मंसिरमा हुने निर्वाचनको तयारीमा आजैबाट लाग्न नेपालले आवहान् गरे । 'आजैबाट जनताको बिचमा जानुस्, चुनावमा टिकट पाउने/नपाउने कुरामा ध्यान नदिनुहोस्, ' उनले भने, 'टिकट नपाएको झोंकमा पार्टी छोड्नेलाई हामीले पनि हिसाब राख्नुपर्छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद