Media Network

तनहुँमा एमाले र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

काठमाडौँ। तनहुँको घिरिङ गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ ।  दुई समूहको ढुंगा हानाहानले केही समय माहोल तनावग्रस्त बन्न पुगेको थियो ।

एमालेका कार्यकर्ता चढ्दै आएको ग२च १८०५ नम्बरको कार कांग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार विकले बताए । विकका अनुसार गाडीको सिसा फुटेको छ ।

घिरिङ गाउँपालिका- ५ मा चुनावी र्‍यालीमा सहभागी हुन पुगेका बालक नदीमा डुवेर बेपत्ता भएको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो । सोमबार नेपाली कांग्रेसको चुनावी र्‍यालीमा सहभागी हुन पुट्टार पुगेका  घिरिङ- ५ का १२ वर्षीय ईश्वर विक कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

आफ्नै हजुरआमा निरमाया विक दलित महिला सदस्यको उम्मेदवार भएपछि उनी र्‍यालीमा सहभागी भएको कांग्रेस घिरिङ गाउँपालिकाका सभापति यामबहादुर थापाले बताए । उनले सोमबारको बृहत् चुनावी सभामा सहभागी नभएको तर केही दिनदेखि पुट्टार आफन्तकाेमा रहेका उनी र्‍यालीसहित पुगेका आफन्तसँग घर फर्किएको दाबी गरे ।

बेपत्ता विककाे स्थानीय र प्रहरीको सक्रियतामा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीका प्रवक्ता प्रहरी नावय उपरीक्षक युवराज खड्काले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद