Media Network

तेरो–मेरो मान्छे भन्दै न्यायाधीश नियुक्ति गर्दा न्यायपालीकामा समस्या : कानुन मन्त्री कोइराला


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोईरालाले तेरो–मेरो मान्छे भन्दै न्यायाधीश नियुक्ति गरेको कारणले न्यायपालीकामा समस्या भैरहेको बताएका छन् । 

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा विनियोजन विद्येक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिर्दै मन्त्री कोइरालाले भने “न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता र उसले पहिले गर्दै आएका कार्यहरुलाई नहेरी तेरो–मेरो मान्छे भन्दै न्यायाधीस नियुक्ति गर्नाले नै न्यायपालीकामा समस्या आइरहेको छ ।”

“अदालत जस्तो गरिमामय संस्थामा पटक–पटक विवाद आइरहेका छन् । त्यसले जनआस्थामा प्रतिकुल असर परिरहेको छ । अदालत भित्र विवाद हुने कुरालाई कम गर्नु पर्ने भन्ने विषयमा माननिय सदस्यहरुले उठाएको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको छ । विकृति र विसंगतिको सुरुवात हुने भनेको न्यायाधीस नियुक्ति बाट हो । हामीले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता र उसले पहिले गर्दै आएका कार्यहरुलाई नहेरी तेरो–मेरो मान्छे भन्दै न्यायाधीस नियुक्ति गर्यौं। त्यसले गर्दा पटकपटक न्यायपालिकाभित्र राजनीतिक नियुक्ति भयो भन्ने टिप्पणीहरू पनि  आएका छन् , उनले भने ।”  

त्यस्तै मन्त्री कोइरालाले केही दिनअघि मात्रै कानुन व्यवसायी र एक जना न्यायाधीसको वार्तालापको अडियो सार्वजनिक भएको बारे सत्य तथ्य बुझ्न न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय अनुसन्धान समिति गठन गरेको र उक्त समितिले प्रतिवेदन बझाउन साथ प्रकरणमा संलग्न सबैलाई आवश्यक कारबाही प्रक्रिया थाल्ने बताए ।

न्यायपालीकामा विवाद उत्पन्न हुन नदिनको लागि न्यायपरिषद्ले अहिले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका तयार गरेको र निर्देशिकाको मस्यौदामा छलफल भइरहेको कानुन मन्त्री कोइरालाको भनाई रहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद