काठमाडौँ । टेरामक्स खरिद प्रकरणको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतको आदेश झिकाउन आदेश गरेको छ ।
आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले कांग्रेस नेता मोहनबहादुर बस्नेतसमेत जोडिएको भ्रष्टाचार मुद्दामा सर्वोच्चको आदेश पेस गर्न भनेको हो ।
बस्नेतमाथि सञ्चारमन्त्री हुँदा उनीसहितले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
खरिदप्र क्रिया नै रद्द गर्ने गरी दूरसञ्चार प्राधिकरणले ०७६ वैशाख २० गतेको निर्णविरुद्ध भानराइज सोलुसनले सर्वोच्चमा रिट दायर गरेको थियो ।