Media Network

तस्बिरमा माओवादी महाधिवेशनस्थलको चहलपहल


खबरस्टोरी संवाददाता

११ पुष २०७८,आईतवार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको तयारी पूरा भएको छ ।  महाधिवेशनको आइतबार दिउँसो ३ बजे उद्घाटन हुँदैछ । 


महाधिवेशनमा १६ सय ३१ प्रतिनिधिहरु सहभागी हुनेछन् । प्रतिनिधिहरु आउने क्रमसँगै प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ । महाधिवेशनलाई ख्याल गर्दै त्यहाँको सुरक्षा पनि निकै बढाइएको छ । 


अधिवेशनमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि माओवादीले अतिथीहरु बोलाउने निर्णय गरेको थियो ।


महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।










Share:
Reaction :
ताजा समाचार
खेलकुद