Media Network

ट्याङकीभित्र थुनिएका महामन्त्री, जसको काँधमा कांग्रेसको भविष्य


खबरस्टोरी संवाददाता

२९ मंसिर २०७८,बुधबार

काठमाडौं । कुनै समय नेपाल विद्यार्थी संघको एउटै कार्यसमिति हुँदै पार्टीको केन्द्रीय राजनीतिसम्म पुगेका विश्वप्रकाश शर्मा, गगनकुमार थापा वा प्रदीप पौडेल नेपाली कांग्रेसकोे जारी १४औ महाधिवेशनबाट को महामन्त्री बन्दैछन् भन्ने कुरा सानेपामा राखिएका ट्याङ्की भित्र छ । भोलिको नेपाली कांग्रेसको नेतृत्वका रुपमा हेरिएका यी ३ पात्रहरुसहित महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । 

महाधिवशेनमा सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । शेरबहादुर देउवाको प्यानलबाट प्रदीप पौडेल र डा. प्रकाशशरण महत, डा.शेखर कोइरालाको प्यानलबाट गगन थापा र डा. मिनेन्द्र रिजाल, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्कीले उम्मेदवार बनेका हुन् । 

यद्यपि सभापति पदको नतिजाबाट प्रकाशमान र बिमलेन्द्र कमजोर सावित भए । जसका कारण प्रकाशमान र विमलेन्द्र पक्षका उम्मेदवारहरुको परिणाम पनि कमजोर हुने संकेत देखिएको छ । 

पार्टी नेतृत्वमा जस्तो परिणाम आए पनि महामन्त्री पदका लागि विश्वप्रकाश, गगन र प्रदीप मध्ये दुई जना निर्वाचित हुने अपेक्षा कांग्रेसीहरुको छ ।  उमेर, परिपक्कता र लगानीको हिसाबले तलमाथि भएपनि ६ मध्ये ५ उम्मेदवार (मिनेन्द्र, प्रकाशशरण, विश्वप्रकाश, गगन र प्रदीप) को प्रतिस्पर्धा महामन्त्री पदका लागि मात्र नभइ, कांग्रेसमा भोलिको नेतृत्वका लागि पनि महत्वपूर्ण मानिएको छ ।अझ भनौ यी सबै उम्मेदवारहरुको हालको प्रतिस्पर्धालाई भोलिको नेतृत्वको आकांक्षीहरुको रुपमा समेत हेर्न सकिन्छ ।

परिणामको पर्खाइ बाँकी 

कांग्रेसको जारी १४औ महाधिवेशनमा पार्टीको महामन्त्री पदका लागि उम्मेदवार बनेका सबैजसो प्रतिस्पर्धीहरु बलियो मानिएतापनि मूख्यतया गगन, विश्वप्रकाश, प्रदिप, मिनेन्द्र र प्रकाशशरणबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । महाधिवेशनका कांग्रेस प्रतिनिधिहरुले ती मध्ये दुई जनालाई छानिसकेका छन्, मात्र परिणामको पर्खाइ बाँकी छ ।  

हरेक उम्मेदवारको जीत, उनीहरुले आफ्नो प्यानलको भोट कति पाउँछन् मात्र होइन, अर्को प्यानलबाट कति मत तान्न सक्छन् भन्नेमा निर्भर देखिन्छ । पार्टीमा नेतृत्व परिवर्तन आवश्यक भएको भनिए पनि पुरानै नेतृत्वलाई चुन्ने प्रतिनिधिहरुको हात प्यालनमा मात्रै सोझिएको रहेछ भने चाँही प्रदीप पौडेल र प्रकाशशरणले जित्ने निश्चित छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद