Media Network

दबाबमा देउवा सरकार


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौं । यतिबेला नेपाली राजनीतिमा खासगरी सरकारको मन्त्रीमण्डल हेरफेरको विषयले व्यापकता पाएको छ ।

 सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरु हेरफेर गर्ने निर्णय कार्यान्वयनमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैले आलटाल गरेको देखिन्छ ।जसको एउटा कारण आफ्नै पार्टीभित्रबाट परेको चर्को दबाब पनि हो । 

नेपाली काँग्रेसभित्र मन्त्रीका आकांक्षीहरु धेरै देखिएका छन् । उनीहरुले देउवामाथि मन्त्री बनाउन दबाब बढाउन थालेका छन् ।बहालवाला सांसदमध्ये धेरैले मन्त्रीको आकांक्षा राखेका छन् । उनीहरु नेताहरुको घर घरमा चहार्दै मन्त्री पदको लागि हानाथापमा छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि माधव नेपालको निर्णयले दबाबमा परेका छन् । माओवादीमा पनि सांसदहरुले आफूलाई मन्त्री बनाउन प्रचण्डमाथि दबाब बढाउन थालेका छन् । नारायणकाजी श्रेष्ठले सरकारमा जान दबाबमूलक गतिविधि गरिरहेका छन् ।जनता समाजवादी पार्टी मन्त्री बन्न चाहनेको प्रतिष्पर्धाले समस्यामा छ । जसपा फुटको संघारमा छ । लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि देउवाले सरकारमा ल्याउन खोजेका छन् । तर, लोसपाभित्र पनि होडवाजी चलिसकेको छ ।

यता माधव नेपालले मन्त्री फेर्न खोज्दा उनको पार्टीभित्रको आन्तरिक विवाद बाहिरिएको छ ।पार्टी भित्रैबाट मन्त्री बन्नेको होडवाजी चर्किएको छ ।यद्यपी हालै मात्र पर्यटन मन्त्री प्रेम आलेले भने आफुले पार्टी अध्यक्षलाई राजिनामा बुझाईसकेको बताएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद