दुई दिन देखि स्थगित माओवादी केन्द्रीय कमिटी बैठक सुरु


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
दुई दिन देखि स्थगित माओवादी केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरू भएको छ।

मंगलबार र बुधबार गरि २ दिन स्थगित भएको बैठक केहीबेरअघि प्रज्ञा भवन कमलादीमा फेरी सुरू भएको हो।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्।

यस्तै आजको बैठकमा पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ।