Media Network

दुई दिन देखि स्थगित माओवादी केन्द्रीय कमिटी बैठक सुरु


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरू भएको छ।

मंगलबार र बुधबार गरि २ दिन स्थगित भएको बैठक केहीबेरअघि प्रज्ञा भवन कमलादीमा फेरी सुरू भएको हो।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्।

यस्तै आजको बैठकमा पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ।








 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद