दिल्ली पुगेलगत्तै भेटघाट तथा राजनितीक संवादका लागि विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी हुने भएका छन्् ।केहीबेरमा भारतीय जनता पार्टी (भाजपा) ले प्रचण्डको सम्मानमा नयाँ दिल्लीको मानसिंह रोडस्थित होटल ताजमा रात्रिभोज आयोजना गर्दैछ।
उक्त रात्रिभोजमा भारतीय जनता पार्टीका वरिष्ठ नेताहरु, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा र भारतीय विदेश मन्त्रालयका अधिकारी सहभागी हुनेछन्। दाहाल शुक्रबार दिउँसो नयाँ दिल्ली पुगेका हुन्।
प्रचण्डसहितको टोलीलाई होटल ताजमा राखिएको छ। प्रचण्ड बसेको होटल वरपर सुरक्षा सतर्कता उच्च बनाइएको छ। प्रचण्ड शुक्रबार साँझ अबेरसम्म भाजपाले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।
शनिबार दिनभर प्रचण्डको ब्यस्त कार्यतालिका छ। उनी शनिबार बिहान नेपाली राजदूत डा. शंकर शर्माले उनको सम्मानमा दिने ब्रेकफास्टमा सहभागी हुनेछन्। प्रचण्डलाई भोलि बिहान भारतीय विदेशमन्त्री जयशंकरले भेट्ने कार्यक्रम छ। भारतीय विदेश सचिव क्वात्राले पनि अलग्गै भेट्ने बताइएको छ।
त्यसपछि उनी फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलिसी नामक संस्थाले आयोजना गर्ने नेपाल–भारत सम्बन्ध विषयक कार्यक्रममा प्रमुख वक्ता छन्। भोलि साँझ भारतीय विदेशमन्त्री जयशंकरले रात्रिभोज दिने कार्यक्रम छ। पर्सि आइतबार प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने उच्च सम्भावना रहेको बताइएको छ ।
मोदीसँगको भेटपछि दाहाल भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गर्ने कार्यक्रम छ। त्यहाँ भाजपाका अध्यक्ष जेपी नड्डाले प्रचण्डसँग भेटवार्ता गर्नेछन्। भाजपा अध्यक्ष नड्डाको निम्तामा प्रचण्ड भारत गएका हुन्। उनी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।