शुक्रबार अपरान्ह १ बजे दिल्लीका लागि उड्नुअघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो भ्रमण आकस्मिक नभएको स्पष्ट पारेका छन् । आफ्नो भारत भ्रमण आकस्मिक जस्तो देखिए पनि डेढ महिनाअघिदेखिकै तयारी रहेको उनले बताए ।
साथै प्रचण्डले आफूले भारत भ्रमण मात्र नभई छिट्टै चीनको भ्रमण गर्ने बताएका छन् ।
आफ्नो यो सद्भावना भ्रमण भन्दै नेपाल–भारत सम्बन्धका सबै विषयहरूमा त्यहाँको राजनीतिक नेतृत्वसँग चर्चा गर्ने बताए । भारत भ्रमणका क्रममा भारत सरकारका प्रतिनिधि र भारतीय जनता पार्टीका नेताहरुसँग कुराकानी हुने प्रचण्डले जानकारी दिए ।
भारत भ्रमणका क्रममा भारतीय नेतृत्वसँग आफूले सीमामा हुने बाढी र डुबानदेखि भारतले रूससँग सस्तोमा किनेको भनिएको तेलका विषयमा पनि कुरा गर्ने आफूले कुराकानी गर्ने प्रचण्डले उल्लेख गरे । आफू निकै उत्साहका साथ भारत जान लागेको पनि बताए ।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली प्रस्थान गरेका प्रचण्डले अब छिट्टै नै चीनको भ्रमण पनि गर्ने बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले आफूलाई चीन भ्रमणको निम्तो दिएको उल्लेख गर्दै आफू छिट्टै चीन पनि जाने बताए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा हुनुअघि नै सरकार फेरबदलको भित्री तयारी भएको स्रोतहरुको दाबी छ । प्रचण्ड पुनः गठबन्धनको साथ लिएर चुनावी प्रधानमन्त्री बन्ने रणनीतिमा रहेको सम्बद्ध स्रोतहरुको भनाइ छ । अर्थमन्त्रीको काण्डदेखि गभर्नरसम्मको विवादकाबीच चिनियाँ प्रतिनिधि मण्डलको भेट लगत्तै प्रचण्डले भारत भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्ड दिल्ली जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राण पनि दिल्लीमै रहेकी छन् ।