उक्त विमान दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम लागु गरेको हो । नयाँ नियम पछि न्यून मात्रामा विमानले पोखराबाट जोमसोम उडान गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रेम प्रसाद तुलाचनले बताएका छन् ।
आज प्रतिनिधि सभाको विशेष बैठकमा बोल्दै तुलाचनले दुई स्थानमा स्टेशन राख्न जोडदार माग गरेका छन् ।
उनले भने,' अहिले नागरिक उड्डयन प्राधिकरणले प्रस्थान र अवतरणको स्थानमा मात्रै मौसम सफा नभएर सम्पूर्ण रुट सफा हुनुपर्ने नियम ल्याएपछि १५ गते देखि अहिलेसम्म २५ गते एउटा मात्र उडान भयो । त्यसमा जिम्मेवारी कसैले लिन नसकेको अवस्थामा प्रविधिकहरुले घोरेपानीमा स्टेशर र टावर स्थापना गरे मात्र उडान हुन सक्ने भन्ने खबर आएकाले नेपाल सरकारले छिटो भन्दा छिटो पर्यटन मन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।