देशभरका स्थानीय तहमा सत्ता गठबन्धन दलको सक्रियता


खबरस्टोरी संवाददाता
२४ चैत्र २०७८, बिहीबार
देशभरका स्थानीय तहमा सत्ता गठबन्धन दलको सक्रियता
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुको सक्रियता बढेको छ ।

दलहरुबीच तालमेलको सहमति भएतापनि मापदण्डको टुंगो भने लागिसकेको छैन । गठबन्धन भित्रका पाँच दलले चैत्र २६ भित्रमा देशभरमै तालमेलको आधार निर्माणसहित अघि बढ्ने सहमति गरेका थिए ।देशका अधिकाशं स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २०७४ सालमा जितेका ठाउँमा आफ्नै उम्मेदवारलाई पालिका प्रमुखमा उम्मेदवार बनाउने सहमति गरिसकेका छन् ।सहमति अनुसार महानगरपालिकाहरुमध्ये ललितपुर र विराटनगरमा काँग्रेस, भरतपुरमा नेकपा माओवादी केन्द्र, वीरगञ्जमा जनता समाजवादी पार्टीबाट गठबन्धनका साझा उम्मेदवारका रुपमा सहमति गरेका छन् ।

तर, एमालेले जितेको काठमाडौं र पोखरा भने सत्ता गठबन्धनका दलहरुबचि नै आपसी सहमति जुट्न सकेको छैन् ।

यसैगरी, सत्ता गठबन्धनले विभिन्न स्थानीय निकायमा साझा उम्मेदवार तय गर्न थालेका छन् । गुल्मीको मालिका गाउँपालिकामा काँग्रेस, माओवादी र नेकपा एसले उम्मेदवार टुंगो लगाएका छन् । जस अनुसार माओवादीबाट अध्यक्षसहित २ वडाध्यक्ष, काँग्रेसबाट उपाध्यक्षसहित ६ वडाध्यक्ष र नेकपा एसले वडा सदस्यहरु पाउने गरी कुरा मिलेको छ ।गठबन्धन दलहरु केन्द्रबाटै निर्देशन बमोजिम तालमेल गरी साझा उम्मेदवार तय गर्न जुटेका छन् ।