Media Network

विवादित एमसीसीले गर्दा वैदेशिक सहायतामा असर, दाताको सहायतामा ठुलो गिरावट


खबरस्टोरी संवाददाता

१३ फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । देशभित्र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० लाई लिएर राजनीतिक दलहरु विभाजित हुँदा त्यसको असर नेपाल भित्रने वैदेशिक सहायतामा परेको छ । देशका प्रमुख राजनीतिक दलहरु एमसीसी सहयोग लिने वा नलिने भन्नेमा लामो समयदेखि विवाद गरिरहँदा नेपाल भित्रने वैदेशिक सहायता प्रतिवद्धतामा ठूलो गिरावट आएको हो । 

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिना ९साउनदेखि पुससम्म० मा नेपालले मात्र १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सुरुवाती ६ महिनामा नेपालले प्राप्त गरेको वैदेशिक सहायता प्रतिवद्धता ४०।९ प्रतिशतले खुम्चिएको छ । अर्थात अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालले ७६ अर्ब ५८ करोड ४० लाख कम वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को पहिलो ६ महिनामा नेपालले कूल १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो । २०७८ साउन महिना यता नेपालले सबैभन्दा बढी वैदेशिक सहायता प्रतिवद्धता पुस महिनामा प्राप्त गरेको छ । गत कात्तिक महिनामा नेपालले कुनै पनि प्रकारको सहायता प्रतिवद्धता प्राप्त गरेन । चालु आर्थिक वर्षको साउनमा २ अर्ब ३६ करोड ३० लाख रुपैयाँ, भदौमा ४१ अर्ब ९५ करोड ६० लाख रुपैयाँ, असोजमा ११ अर्ब ६२ करोड ३० लाख रुपैयाँ, मंसिरमा ८ अर्ब २१ करोड १० लाख रुपैयाँ र पुसमा ४६ अर्ब ७० करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये १ खर्ब ४ अर्ब ऋण सहायता र ६ अर्ब ८५ करोड ६० लाख रुपैयाँ अनुदान सहायता रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को साउनमा ५४ अर्ब ९३ करोड ५० लाख रुपैयाँ, भदौमा २९ अर्ब १३ करोड ६० लाख रुपैयाँ, असोजमा १ अर्ब ३२ करोड ४० लाख रुपैयाँ, कात्तिकमा ५ अर्ब १५ करोड २० लाख रुपैयाँ, मंसिरमा ४५ अर्ब ५६ करोड ३० लाख रुपैयाँ र पुसमा ५१ अर्ब ३२ करोड ७० लाख रुपैयाँ नेपालले वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो । 

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले प्राप्त गरेको कूल वैदेशिक सहायता प्रतिवद्धतामा १ खर्ब ६९ अर्ब ३१ करोड १० लाख रुपैयाँ ऋण सहायता र १८ अर्ब १२ करोड ५० लाख रुपैयाँ अनुदान सहायता रहेको थियो । 

चालु आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमशः ६।२ प्रतिशत र ९३।८ प्रतिशत रहको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ९।७ प्रतिशत र ९०।३ प्रतिशत रहेको थियो ।  कूल वैदेशिक सहायता प्रतिवद्धतामध्ये बजेट सहायता ४२।१ प्रतिशत, स्वास्थ्य २३।१ प्रतिशत, शिक्षा १४।३ प्रतिशत, कृषि १०।५ प्रतिशत, उर्जा ६।५ प्रतिशत र अन्यमा ३।६ प्रतिशत रहेको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद