Media Network

देउवा एकलौटी ढंगले अघि बढेको शेखर समूहको निश्कर्ष


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको निष्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा विहीबार बसेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिबद्धता विपरीत एकलौटी रूपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।

पार्टीमा कुनै सरसल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गर्ने गरेको उनीहरुले दाबी गरेका छन् । पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिबद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए । कोइराला पक्षको बैठकमा दिलेन्द्रप्रसाद बडुसमेत सहभागी थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद