गुजरात । भारतको गुजरातमा अगामी जनवरी १० तारिखमा हुने भनिएको गुजरात लगानी सम्मेलन स्थगित भएको छ ।
गुजरात सरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा जाने कार्यक्रम थियो ।
केही दिनयतादेखि गुजरातमा कोभिड संक्रमण बढेको भन्दै गुजरात सरकारले सम्मेलन स्थगित गरेको हो । उक्त सम्मेलन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गर्ने कार्यक्रम थियो ।
दुई दिने सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री देउवा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो ।