काठमाडौं । प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवाले नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधी देखि कल्याण गुरुङसम्मको साथ पाउने भएका छन् ।
नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचनले सभापति पदको छिनोफानो हुन नसकेपछि दिउँसो साढे ३ बजेदेखि पुन सभापतिको लागि मतदान हुदैछ ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत प्राप्त गरेका थिए ।
पहिलो चरणमा सभापतिका प्रत्यासी रहेका नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको चुनावी प्रक्रियाबाट बाहिरिएपछि सभापतिको प्रतिस्पर्धामा रहेका प्रत्यासी शेरवहादुर देउवालाई सघाउने छन् ।