Media Network

देउवालाई समर्थन गरे बापत सिंहले तत्काल उपप्रधानमन्त्री पाउने !


खबरस्टोरी संवाददाता

२८ मंसिर २०७८,मंगलवार

काठमाडौँ। पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका छन् ।  देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले भने तत्काल उपप्रधानमन्त्री पाउने भएका छन्।

दिउँसो ३ः३० बजेबाट सुरु हुने मतदानमा सिंहले देउवालाई समर्थन गर्ने निर्णयसँगै सिंहलाई उपप्रधानमन्त्री बनाउने निर्णय भएको स्रोतको दाबी छ। समर्थन गरे बापत तत्काल उपप्रधानमन्त्री बनाउने सहमतिसँगै अरु पनि राजनीतिक लेनदेन भएको स्रोतको दाबी छ।

दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेपछि उनको जित सुनिश्चित जस्तै भएको छ। मंगलबार बिहान आएको निर्वाचन परिणामअनुसार देउवाले २२५८ र उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ मत पाएका छन्। सिंहले ३७१ अर्का उम्मेद्वार विमलेन्द्र निधिले २४९ र कल्याण्ड गुरुङले २० मत पाएका छन्। देउवालाई सभापतिमा दोस्रो कार्यकालमा निर्वाचित हुने ८२ मत अपुग भएको छ।  ​अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद