Media Network

'उचित निर्णय लिएर एमसिसी पारित गर्नुपर्छ'


खबरस्टोरी संवाददाता

२६ मंसिर २०७८,आईतवार

काठमाडौँ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उचित निर्णय लिएर एमसिसी पारित गर्नुपर्ने पक्षमा अभिव्यक्ति दिएका छन्।

सत्तामा हुँदा एमसिसी पारित गराउनुपर्ने पक्षमा बोल्दै आएका ओलीले विरोध गर्नेहरुले नबुझेको बताउने गरेका थिए। सत्ताबाट बाहिर आएपछि उनले एमसिसीका सम्बन्धमा स्पष्ट धारणा दिएका थिएनन् ।  तर चितवनमा भएको महाधिवेशनबाट एमालेको नयाँ समिति बनेसँगै ओली फेरि एमसिसीको समर्थनमा देखिएका छन् । 

शनिबारदेखि सुरु भएको एमालेको नयाँ निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठकमा ओलीले एमसिसीको पक्षमा अभिव्यक्ति दिएका हुन्। स्रोतका अनुसार ओलीले शनिबार बैठकमा भने, ‘सरकारमा अविछिन्न उत्तराधिकार हुन्छ। अघिल्लो सरकारले गरेका कामको स्वामित्व त्यसपछिको सरकारले लिनुपर्छ। एमसिसीका सन्दर्भमा हामीले राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्छ । अन्धराष्ट्रवादको भावनामा बगेर राष्ट्रिय स्वार्थको महत्वलाई कम गरिनु हुँदैन।’ ओलीले एमसिसीका सन्दर्भमा पार्टीले छलफल गरेर उचित निर्णय लिनुपर्ने भन्दै राष्ट्रको समग्र हितलाई केन्द्रमा राखिनुपर्ने दाबी गरेका हुन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद