काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष बनेका छन् । शनिबार बसेको उनेपाको केन्द्रीय कमिटी बैठकले रास्वपासँगको एकता भंग गर्दै कुलमानलाई अध्यक्ष नियुक्त गरेको हो ।
रास्वपासँगको एकताअघि उनी उनेपाका संरक्षक रहेका थिए । पुस १४ गते रास्वपासँग एकता सहमति गरेर समानुपातिक कोटाको उम्मेदवारसमेत रास्वपाबाट सिफारिस गरिएका थिए । एकाएक उक्त एकता भङ्ग गरि कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वमन्त्री कुलमान घिसिङबीच शुक्रबार र शनिबार भएको छलफल निष्कर्षविहीन भएपछि दुई सातामै सहमति भाँडिएको हो।
सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयबाट राजीनामा दिएर रास्वपासँग वार्तामा बसेका थिए ।