Media Network

उखु किसानलाई ८१ करोड अनुदान


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकलाई आइतबार सम्बोधन गर्दै सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउन रु ८१ करोड विनियोजन गरेको जानकारी दिए। 

अर्थमन्त्री शर्माले बजेट वक्तव्यमा उखुको जातीय विकास गर्न उखु अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने र चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्ने बताए । 

विसं २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने अर्थमन्त्री शर्माले बताए । कृषि बाली र पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान उपलब्ध गराउन रु ७६ करोड रकम विनियोजन गरेको उनले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद