Media Network

उपेन्द्र यादव र बाबुराम भट्टराई सहमतिमै छुट्टिन तयार


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहमतिमा नै छुट्टिन तयार भएका छन् । 

केही दिन अघि जसपाको उपेन्द्र यादव पक्षले मन्त्री परिवर्तन गर्ने निर्णय गरेसंगै मन्त्री चयन गर्ने अधिकार उपेन्द्र यादवलाई मात्र हुने र सो निर्णयको विरुद्ध जाने नेतालाई कारबाही गर्ने सम्मको निर्णय गरेसँगै जसपामा विवाद चुलिएको छ । 

यादव पक्षको सो निर्णय पछि दुवै नेताबिच भेटवार्ता भएर सहमतिमै छुट्टिने टुंगो लगाएको जनाइएको छ । उनीहरु छुट्टिए पनि नेपाली राजनीतिमा नयाँ प्रयोग गर्ने बताइएको छ । 

 पार्टी अलग हुनासाथ गालीगलौज गर्नुपर्ने, पानी बाराबार गर्नुपर्ने मान्यतालाई यसले तोड्ने र अलग भए पनि वैचारिक र राजनीतिक रूपमा भने कार्यगत एकता कायम रहने यादव निकट एक नेताको भनाई रहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद