अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकमा जसपा सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायत समूहले अन्तर्घात गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको बताइएको छ । मन्तव्य सकेर बसेलगत्तै उनलाई एक समूहले कुट्न थालेपछि केहिबेर तनाव सृजना भएको थियो। बैठकमा सहभागी एक नेताले सुनाए ।
त्यस्तै स्रोतका अनुसार बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइते समेत भएका छन् । उपाध्यक्ष यादव भने सामान्य विवाद भएको बताएका छन् । उनले एक पक्षले अर्को पक्षलाई अन्तर्घात भएको आरोप लगाएपछि विवाद उत्पन्न भएको बताए।