Media Network

उपेन्द्रलाई अध्यक्षबाट हटाउने बाबुरामको रणनीति


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति छन् ।

भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए आफैं बैठक बोलाउने गृहकार्यमा जुटेका छन्। भट्टराई पक्षले बोलाएको बैठकमा यादवलाई कार्यकारिणी समितिको अध्यक्षबाट हटाउने योजना छ। 

‘अब पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने, यो निर्णय गर्ने अधिकार उहाँ (उपेन्द्र यादव) कै हातमा छ,’ भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने, ‘हामी अझै पनि जसपा नफुटोस् र मेलमिलापको स्थिति रहोस् भन्ने चाहन्छौं। तर अब मिलेर जाने कि नजाने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष यादवकै हातमा छ।’

भट्टराई पक्षीय एक नेताका अनुसार केन्द्रीय समिति र कार्यकारिणी समितिमा भट्टराई तथा वरिष्ठ नेता अशोक राई पक्ष बहुमतमा छ । ती नेताले भने, ‘अहिले अर्को पक्ष आत्तिएको छ । भट्टराई पक्षले ४० प्रतिशत संख्या जुटाउन खोज्यो भनेर उनीहरूले जबरजस्ती प्रचार गरिरहेका छन् । हामीसँग बहुमत छ। केको ४० प्रतिशत? उनीहरूले हाम्रो पक्षलाई कमजोर देखाउन खोजेका हुन्। बरु ४० प्रतिशत संख्या जुटाउन उनीहरू (यादव पक्षीय नेताहरू) लाई समस्या छ ।’

बहुमत जुटाएर यादवलाई अध्यक्षबाट हटाउने भट्टराईको रणनीति हावादारी भएको यादव पक्षीय नेताहरू बताउँछन्, आजको नागरिक दैनिकले खबर छापेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद