Media Network

उपसभामुख चुनावमा नेमकिपा तटस्थ


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार भएको मतदानमा नेपाल मजदुर किसान पार्टी तटस्थ रहेको छ । 

उपसभामुखका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतम र नेकपा एमालेबाट विद्या भट्टराई उम्मेदवार छन् । 

विभिन्न समयमा आफूहरुले प्रशस्त छलफलमा समेत भाग लिन नपाएको भन्दै नेकपा उपसभामुख चुनावमा तटस्थ रहेको हो । 

नेमकिपाका सांसद प्रेम सुवालले उपसभामुखका लागि दुवै उम्मेदवार योग्य भए पनि आफूहरुले मत दिन नसक्ने स्पष्ट गरे । 

प्रतिनिधिसभामा एमालेका ९८, कांग्रेसका ६१ (दुई निलम्बित), माओवादी केन्द्रका ४९, नेकपा (एकीकृत समाजवादी) पार्टीका २३, जनता समाजवादी पार्टी (जसपा) का २०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १३, राष्ट्रिय जनमोर्चाका १ र अन्य साना दल तथा स्वतन्त्र गरी ३ सांसद छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद