Media Network

उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक जारी


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौँ। उपसभामुख छान्न प्रतिनिधिसभाको शुक्रबार बैठक जारी रहेकाे छ ।  

उपसभामुखका लागि गठबन्धनका तर्फबाट उम्मेदवार पुष्पा भुसाल (गौतमको) र विपक्षी एमालेकी विद्या भट्टराईको उम्मेद्वारी परेको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका हुन् । 

त्यस्तै, भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी छन् । दुवै उम्मेदवारकाे पक्ष र विपक्षमा सांसदहरूले धारणा राखिरहेका छन् । 

उपसभामुखका लागि गठबन्धनसँग बहुमत भएकाले भुसाल उपसभामुख पदमा निर्वाचित हुने निश्चित भएको छ ।


  

Share:
Reaction :
ताजा समाचार
खेलकुद