काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख बुधबार चयन हुने भएको छ।
आज (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्न लागेका हुन् ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि सभामुख सापकोटाले दिन र समय तोक्नु पर्ने कार्यसूची रहेको छ ।